२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

बागलुङमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु

बिहिवार , चैत्र २०, २०८१

बागलुङ । बागलुङमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटिया बजारदेखि कोटमैदान जाँदै गरेको ग१ज ६१०० नम्बरको पिकअप दुर्घटना हुँदा गलकोट नगरपालिका–११ रिघाका २२ वर्षीय विष्णु रानाको मृत्यु भएको हो ।

दुर्घटनामा गलकोट–५ सर्दाखेतका २२ वर्षीय राजन विक, वडा नम्बर ४ डाँडाखेतका १९ वर्षीय रमेश सुनार र वडा नम्बर ३ बोहराफाँटका १९ को अशोक बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

पिकअपमा चारजना सवार रहेको उनको भनाइ छ । घाइते तीन जनाको गलकोट नगर अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिए। चैतेदसैँ मेलाका लागि कोटमैदान जाँदै गर्दा पिकअप दुर्घटनामा परेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट