२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

हिउँपहिरोमा दुईजना बेपत्ता

सोमवार , चैत्र २४, २०८१

म्याग्दी । म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट टेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले बताए ।

आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौँबाट उद्धारको टोलीलाई हेलिकप्टरमार्फत पठाइएको उनले जानकारी दिए। पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट