२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

स्वास्थ्य क्षेत्रमा नागरिक पहुँच स्थापित गर्छु : मन्त्री पाठक

बुधवार , चैत्र २६, २०८१

काठमाडौं । कल्प ईम्पावर वेमेन नेपाल र बडिगाड गाउँपालिकाको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर सम्बन्धी दुईदिने स्वास्थ्य शिविर बडिगाड गाउँपालिकाको ग्वालीचौर स्वास्थ्य चौकीमा सुरु भएको छ ।

उक्त शिविरको एक समारोहकाबीच गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले उद्धाटन गरेका छन् । उद्धाटन कार्यक्रममा बोल्दै मन्त्री पाठकले पाठेघरको मुखको क्यान्सर चुनौतीको रुपमा देखापरेको हुँदा यसको न्यूनीकरणको लागि स्वास्थ्य मन्त्रालय गम्भीर भएको बताए ।

अहिले नेपालमा प्रत्येक दिन ६ जना पाठेघरको मुखको क्यान्सरका बिरामीहरु देखापरेको र ६ जना मध्य ४ जनाको अकालमा ज्यान जाने गरेको मन्त्री पाठकको भनाई थियो । महिलाहरुमा देखिने यो क्यान्सर समयमै पत्तालगाउन सके ८० देखि ९० प्रतिशत सम्म निको बनाउन सकिने उनले बताए ।

क्यान्सर मुख्यतया उमेर नपुगी बिबाह गरि लगातार बच्चा जन्माउने, अत्याधिक धूम्रपान र मध्यपान गर्ने साथै यौनांगहरुको सरसफाईमा ध्यान नदिने महिलाहरुमा देखिने गर्छ ।

गर्भवती आमाहरुको स्वास्थ्य तथा पाठेघरको मुखको क्यान्सर लगाएतका महिलाहरुमा देखिने रोगहरुलाई क्रमिक रुपमा कमगर्न गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले अब दुर्गम क्षेत्रहरुका स्वास्थ्यचौकीहरुमा दक्ष जनशक्ति र उपकरणहरुको व्यवस्थापन गर्दै ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम बिस्तार गर्न लागेको पाठकले बताए ।

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले हालसम्म गण्डकी प्रदेश भित्र दुर्गम क्षेत्रका ७८ जना गर्भवती आमाहरुको हेलिकप्टर उद्धार गरेर ज्यान बचाएको उल्लेख गर्दै बागलुङको पश्चिम क्षेत्रबाट मात्र २३ जना गर्भवती आमाहरुको हेलि उद्धार गरिएको जनाए ।

आफू स्वास्थ्य मन्त्री भएको सात महिना मात्र भएको र यो बिचमा स्वास्थ्यमा नागरिक पहुँच स्थापित गर्ने, जनस्तरमा स्वास्थ्यसेवा पुर्याउने र स्वास्थ्यको क्षेत्रमा देखिएका खराबी हटाउन निरन्तर लागेको उनको भनाई थियो ।

मातृत्व जोगाउने अभियानमा कल्प ईम्पावर नेपालले देशव्यापी रुपमा उल्लेखनीय काम गरेकोमा धन्यवाद दिदै मन्त्री पाठले उक्त संस्थालाई गण्डकी प्रदेशमा पनि आफ्नो कार्यक्षेत्र बिस्तार गर्न अनुरोध गरे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट