२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

गण्डकी प्रदेशका अस्पताललाई स्तर उन्नतिसँगै अत्याधुनिक उपकरणयुक्त बनाइन्छ - मन्त्री पाठक

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं । पर्वत अस्पताल कुश्ममा 'ईको कार्डियोग्राफी उपकरण' जडान गरिएको छ । उक्त आधुनिक उपकरण द्धारा गरिने सेवाको शुभारम्भ एक बिशेष समारोहकाबीच बुधबार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले गरेका छन ।

शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री पाठकले अब गण्डकी प्रदेश भित्रका प्रादेशिक अस्पतालहरुलाई स्तरउन्नतिका साथै उपकरणयुक्त बनाईने बताएका छन ।

मुटुको चाललाई निकै सूक्ष्म ढंगले अध्ययन गर्नसक्ने यो भिडियो एक्स-रे पर्वत अस्पतालमा पहिलो पटक जडान गरिएको हो । गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको ३५ लाख रुपैयाँ रकम द्धारा जडान गरिएको यो उपकरण बाट पर्वत र बागलुङ जिल्लाको दक्षिणी भेगका लाखौं सेवाग्राही लाभान्वित हुने मन्त्री पाठकले बताए ।

गण्डकी प्रदेशका सबै प्रादेशिक अस्पतालहरुको स्तरउन्नति गर्ने क्रममा यश पर्वत अस्पताललाई पनि १५ शैया बाट ५० शैयाको अस्पतालको रुपमा स्तरउन्नति गर्न लागिएको भन्दै अब सबै अस्पतालहरु आफ्नै खुट्टामा उभिन सक्नेगरी योजना बनाउनु पर्ने कुरामा उनको जोड थियो ।

अस्पतालहरुको स्तरउन्नति शैया थप्नेमात्र नभएर आफ्नौ वर्गतमा उभिन र गुणस्तरीय सेवा प्रवाह गर्न गरिएको मन्त्री पाठले बताए ।

आफू काम गर्नको लागि मन्त्री भएकोले जिहजुरी नभएर काम र परिणाम चाहिएको उनको भनाई थियो । सुशासन, गुणस्तरिय सेवा र पारदर्शीता यतिबेलाको आवस्यककता भएकोले यी कुराहरुमा कर्मचारीहरु चुक्न नहुनेमा उनले जोड दिए ।

सो अवसरमा गण्डकी प्रदेश सरकारको ४० लाख लगानीमा निर्माणाधीन पोस्टमार्टम गृह, संघीय सरकारको २५ लाखमा निर्माणाधीन फोहोरमैला व्यवस्थापन गृहको साथै अन्तर्राष्ट्रिय पर्वत समाजको ३५ लाख सहयोगमा निर्माण गरिएका सेवाग्राही बिश्रामस्थल, ढुंगेधारा, चिल्ड्रेन पार्क र मन्दिर समेतको मन्त्री पाठकले निरीक्षण गरेका थिए ।

उक्त अवसरमा अस्पतालको समग्र अवस्था र समस्याहरुको बारेमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरी र अस्पताल प्रमुख हेमन्त बस्तोलाले मन्त्री पाठकलाई जानकारी गराएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट