२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

भरतपुर महानगरद्वारा ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु

आइतवार , बैशाख १४, २०८२

चितवन । सुत्केरी आमाहरुको लागि भरतपुर महानगरले ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु गरेको छ । आइतबार भरतपुर वडा नम्बर १७ स्थित गुञ्जनगर स्वास्थ्य चौकीबाट महानगर प्रमुख रेनु दाहालले पौष्टिक आहारसहितको झोला वितरण गरी कार्यक्रम सुरु गरेकी हुन् ।

कार्यक्रममा सुत्केरी २२ जना आमाहरुलाई पोषण झोला प्रदान गरिएको थियो । भरतपुरका सरकारी स्वास्थ्य संस्थामा शिशुलाई जन्म दिएका आमाहरुलाई पोषण झोला वितरण गरिने भरतपुर महानगरका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिए ।

‘सुत्केरी पोषण झोला’ कार्यविधि पुस २४ गतेदेखि लागू भएकाले सो मितिदेखि गर्भवती भएका सुत्केरी आमालाई पोषण झोला वितरण गरिने छ । पोषण झोलामा घ्यू, चना, केराउ, अण्डा, आयोडीनयुक्त नुन, दुधबर्दक चुर्ण र मालिस तेल रहेका छन् ।

पोषण कार्यक्रमले महानगरद्वारा सञ्चालित बर्थिङ सेन्टर र सरकारी स्वास्थ्य अस्पतालमा बच्चा जन्माउने क्रम बढ्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आमा र बच्चाको पोषणका लागि यो कार्यक्रम संञ्चालन गरिएको बताइन् ।

गाउँ–गाउँमा स्वास्थ्य सेवा पुर्याउने महानगरको योजनाअनुसार हाल ४२ वटा स्वास्थ्य संस्थाहरु सञ्चालनमा रहेको जानकारी दिइन्।

विपन्न परिवारलाई पोषणको सन्तुलन कसरी मिलाउन सकिन्छ भन्ने जानकारी दिन यो कार्यक्रम महत्वपूर्ण रहने उल्लेख गरिन् ।

महानगरद्वारा सञ्चालित ५ वटा बर्थिङ सन्टरबाट भिडियो एक्सरेसहितको सेवा दिन महानगर अघि बढेको उनले बताइन् । यी बर्थिङ सेन्टरबाट वार्षिक २ सय जना आमाले बच्चा जन्माउने गरेका छन् ।

सो अवसरमा महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरवासी जनताले कुनै पनि स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस् भनी यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए।

बच्चा जन्माएर घर फर्कने क्रममा बच्चालाई न्यानो झोलासहित पोषण झोला समेत प्रदान गरिने शाखाका प्रमुख सुवेदीले जानकारी दिए । यो कार्यक्रम अब नियमित रुपमा संञ्चालन हुने छ । कार्यबिधि अनुसार बच्चा जन्मिएको ४५ दिन भित्र जन्मदर्ता गराई बर्थिङ सेन्टरमा निवेदन दिनु पर्नेछ ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष ललितमान तामाङ, भरतपुर महानगरपालिकाका स्वास्थ्य विज्ञ डा।भोजराज अधिकारी मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट