काठमाडौं । तिलोत्तमा नगरपालिका, रुपन्देहीले आफूलाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नगर’ घोषणा गर्ने भएको छ ।
यही बैशाख २२ र २३ गते एक कार्यक्रम गरी सो घोषणा गरिने नगर प्रमुख रामकृष्ण खाँडले सुनौलो नेपाललाई जानकारी दिए । सो घोषणाको लागि २२ गते जनप्रतिनिधिहरुसँग छलफल गरिने भएको छ । जसमा नगर भित्रका सामुदायिक संघ, संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता हुनेछ ।
बैशाख २३ गते बिहान नगरपालिकाको वडा नं. ९ मा रहेको शंकरपुर चोकबाट प्रभात फेरि गरी नगरपालिकाको प्रांगणमा भेला भई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नगर’ घोषणा गरिने छ ।
उक्त घोषणा कार्यक्रममा सहभागी हुनका लागि सबै नगरबासीलाई प्रमुख खाँडले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस