२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

कागेश्वरी मनोहरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

शनिवार , जेठ ४, २०८२

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ राडरस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज दिउँसो बा६०प १७९५ नंको मोटरसाइकललाई बाप्र–०३–००१ ख १२४७ नंको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गोरखा घर भएका ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, प्रहरीले दिएको जानकारी अनुसार काठमाडौँ महानगरपालिका–८ पशुपति मन्दिर पोडेपाटी नजिक रहेको गोपाल न्यौपानेको गाई–बाच्छा मठमन्दिर बचाउ तथा समाज विकास अभियानको टहरामा विद्युत् चुहावट भई आगलागी हुँदा गएराति करिब रु ४० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–८ नरकटे उखुटोलस्थित काठमाडौँ महानगरपालिका–२६ ठमेल बस्ने चरण चौधरीको नर्भिक इन्स्टिच्युट अफ टेक्नोलोजी नेपाली प्राइभेट लिमिटेड कम्पनीको गोदाममा समेत विद्युत् चुहावट भई आगलागी प्रहरीले जनाएको छ । आगलागी हुँदा १२ वटा एलिग्रेटर ड्राफ्ट मेसिन जलेर करिब रु ७७ लाख बराबरको धनमाल नष्ट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट