सिन्धुली । प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पीएएन) ले यस वर्षको उत्कृष्ट गाउँपालिका पुरस्कार सिन्धुलीको मरिण गाउँपालिकालाई प्रदान गरेको छ ।
पीएएनले गाउँपालिकालाई शिक्षा क्षेत्रमा देखाएको उत्कृष्ट नेतृत्व, दृढ प्रतिबद्धता र नवीन पहलकदमीप्रति बधाई तथा सम्मान व्यक्त गरेको छ ।
पीएएनले प्रत्येक वर्ष प्रदान गर्ने वर्षको उत्कृष्ट गाउँपालिका पुरस्कार अन्तर्गत यस वर्ष ‘पीएएन उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२’ मरिण गाउँपालिकालाई प्रदान गर्न पाउँदा अत्यन्त गौरवान्वित भएको बताएको छ ।
प्राडा विद्यानाथ कोइरालाको अध्यक्षतामा गठित मूल्याङ्कन समितिले २५ वटा शैक्षिक मापदण्डका आधारमा मूल्याङ्कन गर्दा मरिण गाउँपालिकालाई बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिका रूपमा चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस