पोखरा । मरिण गाउँपालिका बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रूपमा छनोट भएको छ ।
पोखरामा शुक्रबार आयोजित पानको दोस्रो राष्ट्रिय सम्मेलनका अवसरमा प्रा.डा. विद्यानाथ कोइरालाको अध्यक्षतामा गठित मूल्याङ्कन समितिले २५ वटा शैक्षिक मापदण्डका आधारमा मल्याङ्कन गर्दा मरिण गाउँपालिका बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रूपमा छनोट भएको हुँदा शिक्षा क्षेत्रमा देखिएको सक्रिय नेतृत्व, नवीन कार्यशैली र गुणस्तरीय प्रगतिका आधारमा मरिण गाउँपालिका सिन्धुलीलाई (PAN) (PRINCIPALS ASSOCIATION OF NEPAL) प्रिन्सिपल्स एसोसिएसन अफ नेपालद्वारा प्रदान गरिने “पान उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२” प्रदान गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष विमर्स मोक्तान (प्रख्यात)ले उक्त सम्मान ग्रहण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस