२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

कागेश्वरी मनोहरा नगरपालिका–५ बालश्रम मुक्त वडा घोषणा

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ ।

बालश्रमविरुद्ध अन्तर्राष्ट्रिय दिवस २०२५ को सन्दर्भ पारेर काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित वडा नं ५ लाई आज (२०८२ जेठ २९) बिहिबारबाट बालश्रम मुक्त वडा घोषणा गरिएको हो ।

May be an image of 4 people, dais and text

कार्यक्रममा कागेश्वरी मनोहरालाई बालश्रम मुक्त नगर बनाउने संकल्पको शुरुवात वडा नं ५ बाट गरिएको जानकारी गराइएको थियो । अब बिस्तारै अन्य वडाहरुलाई पनि बालश्रम मुक्त बनाउँदै बालमैत्री नगर बनाउने पनि जानकारी गराइएको थियो ।

उक्त कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख शान्ता थापाले वडा नं ५ का वडाध्यक्ष शंकर पाण्डेलाई बालश्रम मुक्त वडा घोषित भएकोमा सम्मानस्वरुप प्रमाणपत्र प्रदान गरेकी थिइन् । उक्त सम्मानपत्र वडा नं ५ का वडा सदस्य सुशान्त श्रेष्ठले वाचन गरेका थिए ।

May be an image of text

May be an image of text that says "step FAIK RADE FAIRTRADE.CARPETS CARPETS LME कागेश्वरी मनोहरा नगरपालिकालाई बालश्रम मुक्त बनाउने अभियानमा सबै उद्यमी, व्यवसायी र सरोकारवालाहरुको सहयोग र प्रतिवद्धताका लागि हार्दिक अपिल| गलैचा उद्योगको प्रव्द्नका लागि बालश्रम मुक्त घोषणा गरों| बालश्रम विरुद्रको यो अभियानमा सहभागी बनौ"

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट