२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

रामपुर नगरपालिकाद्वारा अपाङ्गता भएकालाई सहायता सामग्री सहयोग

शनिवार , आषाढ २१, २०८२

रामपुर (पाल्पा) । पाल्पाको रामपुरमा बसोबास गर्ने अपाङ्गता भएका नागरिकलाई सहायता सामग्री उपलब्ध गराइएको छ । रामपुर नगरपालिकाले यहाँका ५९ जना अपाङ्गता भएकालाई विभिन्न सहायता सामग्री प्रदान गरेको हो ।

नगरपालिकाले उनीहरुलाई पाँच वटा ह्विलचियर, १० थान वैशाखी, ३४ थान लौरी, सात थान चस्मा, तीन वटा एयरफोन हस्तान्तरण गरिएको अपाङ्गता क्षेत्र संरक्षण समिति संयोजक जगन्नाथ कँडेलले जानकारी दिए ।

अपाङ्गता भएका नागरिकको जीवनयापनमा थप सहजता प्रदान गर्न उनीहरुको माग र आवश्यताअनुसार नगरपालिकाबाट सहायता सामग्री वितरणका लागि विनियोजन रु दुई लाख रकमबाट विभिन्न सामग्री प्रदान गरिएको अध्यक्ष कँडेलले जानकारी दिए ।

नगरपालिकाले दशवटै वडाका नागरिकलाई समेटेर सामग्री प्रदान गरेको छ । अपाङ्गता भएकाले अन्यलाई आगामी वर्षमा सामग्री वितरण गरिने नगर प्रमुख रमणबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट