२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

मधेस प्रदेशसभा बैठक अवरुद्ध

शनिवार , आषाढ २८, २०८२

जनकपुर । मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध भएको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का नेता युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेटमा देखिएको त्रुटि सच्याउन बनाएको कार्यदल गठनमा असहमति जनाउँदै विरोध गरे । मुख्यमन्त्री सतीशकुमार सिंहले प्रतिबद्धता दिएअनुसार कार्यदल गठन नभएको उनको भनाइ छ ।

छानबिन कार्यदलमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको नाम राखेपछि प्रतिपक्षी दलले विरोध जनाएका छन् । कार्यदलबाट मन्त्रीको नाम नहटाएसम्म अवरोध जारी राख्ने प्रतिपक्षी दलको अडान छ ।

सभामुख रामचन्द्र मण्डलले कार्यदलमा मन्त्रीको नाम आएको अभ्यास नयाँ भएको र सरकारलाई अल्पमतमा राखेर कार्यदल गठन हुने अभ्यास पनि नयाँ रहेको बताए ।

सभामुख मण्डलले आर्थिक विधेयक पूरा हुन दिन र विनियोजन विधेयकमा असहमति भए विरोध जनाउन आग्रह गर्दै अर्थमन्त्री सुनिलकुमार यादवलाई जवाफ दिन समय दिएको दिए । तर प्रतिपक्षी दलले रोष्ट्रम घेराउ गरेपछि उनले बैठक १० मिनेटको लागि स्थगित भएको घोषणा गरे ।

कार्यदलका सदस्यहरुमा जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव, माओवादी केन्द्रका सांसद जवाहरलाल कुशवाहा, नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक कनिष पटेल, नेकपा (एमाले) का संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव र नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण यादव छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट