२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

म्याग्दे गाउँपालिकाको नीति ‘बसेपनि सहर : गाउँकै खाने रहर’

बुधवार , श्रावण १४, २०८२

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले अग्र्यानिक उत्पादन र उपभोगमा जोड दिन ‘बसेपनि सहर गाउँकै खाने रहर’ को नीति ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ मा लागू गर्ने नीति तथा कार्यक्रममा ‘बसेपनि सहर गाउँकै खाने रहर’ को नीतिअन्तर्गत अग्र्यानिक उत्पादन र उपभोगलाई जोड दिँदै कोदोको सेल, कोदोको मःमः, कोदोको बिस्कुट उत्पादन तथा बिक्री गरिने उल्लेख छ ।

नियमानुसार कोदोको रक्सी उत्पादन गर्नेलाई अनुदान सहायता प्रदान गर्ने नीति लिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उनले स्थानीय कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने नीति लिइएको उल्लेख गरे ।

स्थानीय उद्यमीले उत्पादन गरेको झोल साबुन, टोपी, अचार, गुन्द्रुक, मह, आदि गाउँपालिकाले खरिद गरी बिक्रीको व्यवस्था मिलाउने तथा व्यावसायिक रुपमा दुधालु गाई तथा भैंसी खरिद गरी दूध र दूधजन्य उत्पादन गर्ने किसानलाई लागत साझेदारीमा गाई तथा भैंसी खरिद अनुदान उपलब्ध गराइने श्रेष्ठले बताए ।

अनुदानमा ४० लाख

गाउँपालिकाले विभिन्न क्षेत्रमा अनुदान दिनका लागि ४० लाख बजेट छुट्याएको छ । उपाध्यक्ष बालकृष्ण घिमिरेका अनुसार एचआइभी सङ्क्रमितलाई मासिक एक हजार भत्ता उपलब्ध गराइनेछ । त्यस्तै गम्भीर मनोसामाजिक पीडितलाई मासिक एक हजार भत्ता उपलब्ध गराइने बताउँदै घिमिरेले अन्तरजातीय दाइजोमुक्त जोडीलाई ५० हजार अनुदान दिइने बताए ।

त्यस्तै गाउँपालिकाको लोगोसहित सगरमाथा आरोहण गर्ने युवालाई पाँच लाख प्रोत्साहन, अति गरिब तथा विपन्नलाई विद्युत महशुलमा तीन हजार छुटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट