२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

पहिरोले बागलुङ–बुर्तिबाङ सडक अवरुद्ध, निरन्तर वर्षाका कारण सडक खुलाउन सकस

शुक्रवार , श्रावण २३, २०८२

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका– २ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने बागलुङ–बुर्तिबाङ सडकखण्ड अवरुद्ध भएको छ ।

शुक्रबार बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङदेखि पोखरा, काठमाडौंलगायतका स्थानमा जानेरआउने सवारी साधन रोकिएका छन् ।

निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट