२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

गण्डकी प्रदेशका सबै निर्देशनालय खारेज, '५० करोड आर्थिक भार कम'

सोमवार , श्रावण २६, २०८२

पोखरा । गण्डकी प्रदेश सरकारले व्यापक रूपमा प्रशासनिक पुनर्संरचना गरेको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले ७ वटै निर्देशनालय खारेज गर्दै मन्त्रालयमा गाभ्ने निर्णय गरेको हो ।

साथै, १८५ कर्मचारी दरबन्दी कटौती समेत भएको छ । यसबाट तत्काल ५० करोड आर्थिक भार कम हुने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।

बैठकले प्रदेशका निर्देशनालय मन्त्रालयमा गाभ्ने, प्रदेशमा भएका कर्मचारीको दरबन्दी घटाउने र कर्मचारी मापदण्ड पारित गर्ने लगायतका निर्णय गरेको हो । मन्त्रिपरिषदले निर्देशनालय खारेज गर्दै त्यसबाट दिने सेवा मन्त्रालयबाटै दिने जनाएको छ ।

सरकारले प्रशासनिक पुनर्संरचनाका लागि विज्ञ समिति गठन गरेको थियो । पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदन अनुसार ५० भन्दा बढी कार्यालय खारेजयोग्य रहेका थिए ।

कामको चाप नभएका र कार्यालय हुनुको औचित्य पुष्टि गर्न नसक्ने कार्यालय खारेज वा मर्ज गरेर लैजान सकिने सुझाव पछि मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट