२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

वीरगंज कारागारमा दरबन्दी छ, चिकित्सक छैनन्, १३ सयबढी थुनुवा र कैदी भएको कारागार ‘हेल्थ असिस्टेन्ट’कै भरमा चल्छ

बिहिवार , श्रावण २९, २०८२

पर्सा । जिल्ला कारागार पर्सामा एक जना चिकित्सकको दरबन्दी भए पनि वर्षौंदेखि रिक्त छ । कारागारमा सातौँ वा आठौं तहको एक जना मेडिकल अधिकृतको दरबन्दी भए पनि हाल एक जना ‘हेल्थ असिस्टेन्ट’ ले मात्रै स्वास्थ्य सेवा प्रवाह गर्दै आएका छन् ।

वीरगंज कारागारमा राहुल साह तुरहाको गत मंगलबार व्यायाम गर्दा स्वास्थ्यमा जटिल समस्या भएर नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि कारगारमा नियमित स्वास्थ्य परीक्षण एवं दरबन्दीअनुसार चिकित्सकको व्यवस्था हुनुपर्ने विषय सार्वजनिक भएको हो ।

जिल्ला कारागार प्रमुख खिमराज भुसालले कारागार व्यवस्थापन विभागसमक्ष दरबन्दीअनुसारको मेडिकल अधिकृतको व्यवस्था गर्न पत्राचार गरेको बताए। वीरगंज कारागारमा स्वदेशी एवं विदेशी थुनुवा र कैदी गरी एक हजार ३१० जना छन् । कारागारमा महिला कैदी पाँच जना, महिला थुनुवा ४२ जना र दुई जना आश्रित बालिका छन् । विदेशी थुनुवा र कैदी १९९ जना छन् ।

कारागार ऐन, २०७९ मा ५०० जनाभन्दा बढी बन्दी रहने प्रत्येक कारागारमा तोकिएबमोजिमको शय्या रहेको एउटा अस्पताल र सोभन्दा कम बन्दी रहने कारागारमा एउटा स्वास्थ्यचौकीको व्यवस्था गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट