२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

हेर्नुहाेस् कस्ताे छ आजको राशिफल ?

आइतवार , कार्तिक ९, २०८२

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तहरूको सहयोगले चलिरहेको आपसी मतभेद सुल्झिनेछ। मित्रहरूको सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। कार्यक्षेत्रमा दौडधुप गर्नुपर्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अध्ययनमा आइरहेको बाधा पन्छिनेछ। व्यापार व्यवसायमा आफन्तहरूको सहयोग मिल्नेछ। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा अधिकारीहरुको सहयोग मिल्नाले तनाव कम हुनेछ। नयाँ योजनाहरू प्रारम्भ गर्ने समय रहेको छ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। नयाँ लगानी लगाउनु भन्दा अघि अनुभवीजनहरूसँग परामर्श लिनुहोस्। भविष्यलाई लिएर योजनाहरू कोरिनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वित्तीय मामलाहरूमा सावधानी अपनाउनुहोस्। अनिन्द्राले आँखा दुख्ने समस्या देखिएको छ। नयाँ कार्य प्रारम्भ गर्नमा बाधा आउनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक योजनाहरूमा भागीदारी बढ्नेछ। गोप्य सूचना बाहिरिनाले दोहोराएर कार्य गर्नुपर्ला। नयाँ अवसरको लाभ उठाउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी व्यापारमा लाभ मिल्नेछ। विवादास्पद मामलाहरू सुल्झिनेछन्। लगनशीलताले कार्य गर्नुहोस् सफलता मिल्नेछ। प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नको लागि आफन्तहरू मध्य कुरा राख्ने अनुकुल समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम्पत्य जीवन सुमधुर रहनेछ। उद्योग कारोबारमा राम्रो अवसर हात पार्न सक्नुहुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ। परिवारको मांगलिक कार्यक्रममा सहभागी भइनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा साहसिक कार्य गर्ने समय रहेको छ। आर्थिक स्थिति सुदृढ रहनेछ। विवादास्पद मामलाहरू सजिलै सम्पादन हुनेछन्। व्यापार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) जीवनसाथीको भावनालाई सम्मान गर्नुहोस्। पायक स्थानमा यात्राका योग छन्। उपलब्धिको लागि केही प्रतीक्षा गर्नुपर्ला। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ६ छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पहिलाको सफलताले नयाँ कार्य गर्नमा हौसला जगाउनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूको सहयोग पाइनेछ। आम्दानी बढ्नाले नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ