२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

आज २०८३ साल असार ६ गते शनिबार, आजको राशिफल कस्तो छ ?

शनिवार , आषाढ ६, २०८३

काठमाडौं । २०८३ साल असार ६ गते शनिबार । सन् २०२६ जुन २० तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । आजको राशिफल कस्तो छ हेरौं । 

मेष : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। बौद्धिक व्यक्तिसँग तर्क नगर्नु राम्रो हुनेछ। व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा भने नतिजाका लागि पर्खनु पर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

वृष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा बढुवा हुने सम्भावना छ। परिवारमा व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। लामो दुरीको यात्रा तय हुनेछ।

मिथुन : दिन राम्रो छ। आयस्रोत बढ्नेछ। धार्मिक कार्यमा मन नजाने जोखिम छ। आज परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कट : आज व्यापारमा फाइदा छ । राजनीतिक क्षेत्रमा विरोधी सक्रिय भएकाले सचेत बन्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। निजी क्षेत्रको शिक्षामा प्रवेश गर्नु उचित हुन्छ।

सिंह : आज बनाएको योजना दीर्घकालसम्म टिक्ने छ। परिवारसँगको सम्बन्ध राम्रो बन्ने योग छ। शिक्षामा प्रगति हुनेछ। मिहिनेतको फल मिल्ने छ ।

कन्या : कामको बोझ थपिने जोखिम छ।  विवाद बढ्नेछ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। आज राजनीतिमा अगाडि नबढ्नु उचित हुन्छ।

तुला : दिन राम्रो छ। साथीको साथमा तपाईंको काम बन्नेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। कला र गलाको प्रशंसा हुनेछ। परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ।

वृश्चिक : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुन्छ। परिवारसँगको सम्बन्ध सहज र सुमधुर बन्ने छ। श्रमको मूल्य पाउँदा मन शान्त बन्नेछ ।

धनु : लगानी गरेको भए फाइदा हुनेछ। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर अगाडि बढ्नु उचित हुन्छ। स्वास्थ्यमा  सुधार हुनेछ। राज्यको तर्फबाट प्राप्त अवसरको सदुपयोग गर्नुहोला।

मकर : आज रमाइलो गर्ने अवसर जुर्नेछ । स्वास्थ्यले साथ दिनेछ। राजनीतिक क्षेत्रमा विरोधी सक्रिय भएकाले सचेत बन्नुपर्ने छ।

कुम्भ : धार्मिक व्यक्तिसँगको भेटले मनमा सन्तुष्टि मिल्नेछ। शुभ ग्रहले तपाईंलाई साथ दिएका छन्। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। स्वास्थ्यमा  विशेष ख्याल गर्नुपर्ने समय छ।

मीन : दिन सामान्य छ। विरोधी सक्रिय छन्। विपक्षी साथी बौद्धिक भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ। पारिवारिक सम्बन्ध राम्रो बन्ने छ। शिक्षामा मिहिनेत गर्नुपर्ने छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ