२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउँछ: पर्यटनमन्त्री पौडेल

शनिवार , आषाढ ६, २०८३

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने बताएका छन् । 

ट्राङ्क्विलिटी स्पाले रुपन्देहीको भैरहवामा आयोजित गरेको एक कार्यक्रममा उनले यसको लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए । 

राजनीतिक तथा कुटनीतिक कारणले विमानस्थल नचलेको भन्ने कुरामा  सत्यता नरहेको उनको भनाइ थियो । मन्त्री पौडेलले नीतिगत त्रुटी मूलभूत कारण भएको उल्लेख गर्दै यसलाई सच्याउने कार्य भइरहेको उनको भनाइ छ । 

पौडेलले भने “घरमै बसेर श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको छ ।  यसका लागि काठमाडौँ जान पर्दैन ।  ”

मन्त्री पौडेलले जहाजमा केवल नेपाली श्रमिकलाई विदेश लैजाने र घर ल्याउनेभन्दा पनि पर्यटक (यात्रु) ल्याउन प्रवद्र्धनका कार्यक्रम गर्न आवश्यक रहेको बताए । उनले भविष्यमा निजगढ विमानस्थल पनि बन्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ