२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

फिफा विश्वकप: भिनिसियस र कुन्हा चम्किँदा हाइटीविरुद्ध ब्राजिलको पहिलो हाफमै ३–० को अग्रता

शनिवार , आषाढ ६, २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा ब्राजिलले हाइटीविरुद्ध पहिलो हाफमै ३–० को  अग्रता बनाएको छ । मुख्य स्टार नेयमारको अनुपस्थितिमा पनि ब्राजिलियन अग्रपंक्तिले मैदानमा उत्कृष्ट साम्बा म्याजिक देखाएको छ ।

खेलमा म्याथेस कुन्हाले सानदार प्रदर्शन गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले आकर्षक गोल थपेपछि ब्राजिल ३–० को बलियो स्थितिमा पुग्यो । जारी विश्वकपमा भिनिसियसको यो व्यक्तिगत दोस्रो गोल हो ।

राफिन्हा, कुन्हा र भिनिसियस सम्मिलित ब्राजिलको नयाँ आक्रमण पंक्ति सामु हाइटीको डिफेन्स पूर्ण रूपमा असफल देखिएको छ। पछिल्ला ६ खेलमा क्लिन सिट राख्न नसकेर आलोचित बनेको ब्राजिलियन टोलीले आज रक्षापंक्ति र आक्रमण दुवैमा उत्कृष्ट सन्तुलन देखाएको छ।

पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिँदै अंक बाँडेको ब्राजिल यो खेलमा स्पष्ट जित निकाल्दै नकआउट चरणतर्फ आफ्नो कदम बलियो बनाउने दिशामा अग्रसर देखिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ