२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

जावलाखेलमा भोटो जात्रा : राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन शाह सहभागी

शनिवार , आषाढ ६, २०८३

ललितपुर । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको रातो मच्छिन्द्रनाथको भोटो जात्रा शनिबार जावलाखेलमा विशेष उत्साहका साथ सम्पन्न भइरहेको छ। भोटो देखाउने कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको छ।

जात्राको मुख्य आकर्षण मानिने भोटो देखाउने समारोहमा प्रधानमन्त्री बालेन शाह पनि सहभागी भएका छन्। उनी शनिबार साँझ जावलाखेलस्थित कार्यक्रमस्थल पुगेका हुन्। प्रधानमन्त्री शाहको उपस्थितिसँगै जात्रा स्थलमा थप चहलपहल देखिएको थियो।

जावलाखेल चोकमा आयोजित भोटो देखाउने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल पनि सहभागी भएका छन्। परम्पराअनुसार राष्ट्रप्रमुखले भोटो अवलोकन गर्ने चलन रहँदै आएको छ, जसअनुसार राष्ट्रपतिले भोटो अवलोकन गर्दै जात्राको औपचारिकता पूरा गर्ने कार्यक्रम रहेको छ।

काठमाडौं उपत्यकाको सबैभन्दा लामो र महत्वपूर्ण जात्रामध्ये एक मानिने रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम चरणका रूपमा भोटो देखाउने परम्परा मनाइन्छ। वर्षा, सहकाल र समृद्धिको कामना गर्दै मनाइने यो जात्राले नेवार समुदायको सांस्कृतिक पहिचानसँगै सम्पूर्ण उपत्यकाको धार्मिक तथा सामाजिक एकतालाई समेत प्रतिबिम्बित गर्ने गरेको छ।

भोटो देखाउने समारोह अवलोकन गर्न सर्वसाधारणको समेत उल्लेख्य उपस्थिति रहेको छ। सुरक्षा व्यवस्थालाई समेत कडा बनाइएको छ भने जात्रा क्षेत्र वरपर उत्सवमय वातावरण छाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ