२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

१५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

सोमवार , आषाढ २९, २०८३

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता रहेका कारण केन्द्रीय बैंकले आज असार २९ गते ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ छ’ जारी गर्ने भएको हो।

यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्। आज मध्याह्न ३ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ।

यो एकवर्षे अवधिको ऋणपत्र हो। यसको साँव भुक्तानी २०८४ असार २९ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ। यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट