२०८३, श्रावण ३ गते

आइतवार, श्रावण ३ गते २०८३

एनआईसी एसिया बैंकद्वारा सुर्खेत र दाङका विद्यालयलाई सहयोग

शुक्रवार , श्रावण १, २०८३

एनआईसी एसिया बैंकले सुर्खेत र दाङका विद्यालयलाई सहयोग गरेको छ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वीरेन्द्रनगर–८ सुर्खेतस्थित सिद्ध बहिरा बालकको स्कुल र घोराही उपमहानगरपालिका–१८, दाङस्थित आधारभूत विद्यालय गिठेपानीका विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउन सहयोग गरेको हो

सहयोग आवश्यकता भएका गरिब तथा विपन्न विद्यार्थीहरुका लागि विद्यालय पोशाक, झोला र शैक्षिक सामग्री प्रदान गरेको बैंकले जनाएको छ। फरक क्षमता भएका ११५ जना विद्यार्थीहरु अध्ययनरत रहेको श्री सिद्ध बहिरा बालकको स्कुलमा असार २९ गते एक कार्यक्रमका बीच बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले उक्त विद्यालयका प्रधानाध्यापक चिन्तामणि कडेललाई विद्यार्थीहरुलाई हस्तान्तरण गर्ने गरी ११५ थान विद्यालय पोसाक प्रदान गरेका थिए। 

त्यसैगरी, २७७ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत आधारभूत विद्यालय गिठेपानीमा असार ३० गते एक कार्यक्रमका बीच यस बैंकका घोराही सर्कल हेड विनोद प्रसाद जैसीले उक्त विद्यालयका प्रधानाध्यापक गिरी प्रसाद भट्टराईलाई विद्यार्थीहरुलाई प्रदान गर्नेगरी विद्यालय पोशाक, झोला र विभिन्न शैक्षिक सामग्रीहरु हस्तान्तरण गरे। 

सहयोग हस्तान्तरण कार्यक्रमहरुमा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीहरु र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो। बैंकले सिद्ध बहिरा बालकको स्कुलका विद्यार्थीहरुलाई उपलब्ध गराएको सहयोगले फरक क्षमता भएका विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुने र आधारभूत विद्यालय गिठेपानीका विद्यार्थीहरुलाई उपलब्ध गराएको सहयोगले उक्त विद्यालयका गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।    

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट