२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

मोटरसाइकललाई ठक्कर दिने कार चालक प्रकाश भुजेलले गरे आत्मसमर्पण

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । काठमाडौंको शंखरापुरमा मोटरसाइकललाई ठक्कर दिने कार चालक झाँक्री प्रकाश भुजेलले प्रहरीमा आत्मसमर्पण गरेका छन्।

बुधबार बौद्ध बस्ने झाँक्री भुजेलले प्रहरी वृत बौद्धमा आत्मसमर्पण गरेका हुन् ।

आज दिउँसो साढे २ बजेतिर शंखरापुरको इन्द्रायणी पुल नजिकै बा १९ प २६९५ नम्बरको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीले चलाएका थिए । भुजेलले चलाएको कार मोटरसाइकलाई ठक्कर दिएर एक पसलको सटरमा ठोक्किएको थियो ।

कारको ठक्करबाट दुई जना घाइते भएका थिए । उनीहरूको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट