२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

डोटीको बानीडुग्रीसैनको पुलको काम चाडो सुरु गर्न सांसद आलेको माग

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता एवम् डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेले डोटीको बानीडुग्रीसैनको पुलको काम तत्काल सुरु गराउन माग गरेका छन् ।

आज प्रतिनिधि सभाको सुन्य समयमा बोल्दै सांसद आलेले डोटीको शिखर नगरपालिका बानीडुग्रीसैन–सातनाली जोड्नका लागि सेती नदीमा निर्माण गरिने उक्त पुलको दश बर्ष अगाडि ठेक्का लगाइएको भएपनि हाल सम्म निर्माण हुन नसकेकाले उक्त पुलको निर्माणको काम चाडो सुरु गराउन सभामुख मार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए ।

उनले भने, “पुल निर्माणको करिब दश वर्ष पहिले ठेक्का लागेको छ । अहिले सम्म जम्मा २५ प्रतिसत मात्रै काम भएको छ । ठेकेदारले काम गर्दैन । उक्त पुलको चाडो निर्माणको काम सुरु गराउन म ध्यानाकर्षण गराउछु ।”

यसैगरी सांसद आलेले उक्त पुल निर्माणका लागि रु ८० लाख बजेट विनियोजन भइसकेको भए पनि ठेकेदारले काममा सक्रियता नदेखाउँदा पुलको काम अलपत्र परेको बताए । स्थानीयवासीहरु लामो समयदेखि पुलको प्रतिक्षामा रहेपनि निर्माणको गति सुस्त देखिएको उनको भनाई छ ।

ठेकेदारको लापरबाहीले लामो समयदेखि पुल अलपत्र परेको भन्दै छिटोछरितो रुपमा निर्माण कार्य अघि बढाउन समेत सांसद आलेले जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट