२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

सिरहामा टिपरको ठक्करबाट वृद्धको मृत्यु

मंगलवार , बैशाख ३०, २०८२

सिरहा । यहाँको मिर्चैया–कटारी सडकखण्डअन्तर्गत मिर्चैया नगरपालिका–७ स्थित फूलबरिया खण्डमा आज टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । चुनढुङ्गा बोकेको टिपरको ठक्करबाट स्थानीय ६५ वर्षीय महेन्द्र महराको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

उदयपुरबाट चुनढुङ्गा बोकेर तीव्र गतिमा आएको बा प्र ०१–००४ क २९५३ नम्बरको टिपरले ठक्कर दिँदा महराको घटनास्थलमै मृत्यु भएको मिर्चैया प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राज पुरीले जानकारी दिए ।

ठक्कर दिएको टिपर असन्तुलित भएर सोही स्थानबाट सडकमुनि पल्टिएको छ । टिपर चालक भने फरार भएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट