२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

पत्रकार फणिदेव महतको निधन

बुधवार , जेठ १, २०८२

रौतहट । रौतहटका पत्रकार फणि महतको निधन भएको छ । लामो समयदेखि ब्रेन ट्युमरबाट पीडित महतको उपचारको क्रममा काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार राति निधन भएको हो ।

रौतहटको चन्द्रपुर नगरपालिका ४ का महत ४० वर्षका थिए । उनी दुई दशकदेखि पत्रकारितामा सक्रिय थिए । चन्द्रपुरको रेडियो सुप्रिमको सञ्चालक समेत रहेका महत अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकको रौतहट जिल्ला संवाददाताको रुपमा कार्यरत थिए ।

उनको निधनप्रति नेपाल पत्रकार महासंघ मधेश प्रदेशले शोक व्यक्त गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट