२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

गतिसँगै सन्तुलनको ख्याल गर्न रास्वपालाई एमाले उपमहासचिव ज्ञवालीको सुझाव

आइतवार , आषाढ ७, २०८३

चितवन । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आफ्नो गतिसँगै सन्तुलन (ब्रेक) को ख्याल गर्न सुझाव दिएका छन् । 

रास्वपाको आजबाट चितवनमा सुरु भएको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

ज्ञवालीले रास्वपाको कार्यशैलीलाई गाडीको गतिसँग तुलना गर्दै गाडीमा एक्सिलेटरसँगै ब्रेक राखिएको र दुवैको महत्त्वपूर्ण भूमिका हुने बताए ।  उनले एक्सिलेटर मात्र थिचियो र ब्रेक थिचिएन भने दुर्घटना हुनसक्ने बताए ।

त्यस्तै, उनले रास्वपालाई प्राप्त जनमतलाई राष्ट्र निर्माण र लोकतन्त्रको संस्थागत सुदृढीकरणमा प्रयोग गर्न पनि सुझाव दिए । छोटो समयमा हासिल गरेको उपलब्धिलाई रास्वपाले सङ्गठित र व्यवस्थित गर्नुपर्ने उनको भनाई छ । 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ