काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले अहिले पाएको अवसर अब कहिल्यै नआउने बताएका छन् ।
उनले यो रास्वपालाई प्राप्त अवसर चुकेको खण्डमा सिंगो देशलाई धोका हुने बताए ।
चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना सन्देश दिँदै उनले भने, ‘अहिले इतिहासले तपाईंहरूलाई यस्तो अवसर दिएको छ, पार्टीको हिसाबले कुरा गर्ने हो भने पार्टीको जीवनमा र व्यक्तिको हिसाबले कुरा गर्ने हो भने व्यक्तिको जीवनमा यस्तो अवसर कहिल्यै आउँदैन ।’
रास्वपालाई यो जिम्मेवारी सफलतापूर्वक पूरा गर्न पनि उनले सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस