२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

म रास्वपाको कुनै प्रतिस्पर्धी होइन, रास्वपाकै जस्तो सपना मेरो पनि थियो : सीके राउत

आइतवार , आषाढ ७, २०८३

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफू रास्वपाको कुनै प्रतिस्पर्धी नभएको बताएका छन् । 

रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य दिने क्रममा उनले आफू कुनै प्रतिस्पर्धीको रुपमा नभई सहयात्रीको रुपमा उपस्थित भएको बताएका हुन् ।

शुभकामना दिँदै उनले भने, ‘तपाईंभित्र जुन देश बनाउने अठोट छ । देशमा केही समृद्धि आओस् भन्ने चाहना छ त्यसका लागि आउनुभएको हो, त्यही चाहना म भित्र भएकाले पनि म शुभकामना दिन आएको हुँ ।’

राउतले रास्वपा महाधिवेशनलाई क्रान्तिको महोत्सव भएको टिप्पणी गरे ।  उनले रास्वपाले पाएको विश्वास र जनमत आन्दोलनका सहिदहरूको सपना नबिर्सन सुझाव दिए । 

उनले प्रधानमन्त्री बालेन शाहलाई जनतालाई हृदयमा राखेर काम गर्न तथा सुझाव दिए । त्यस्तै, उनले सभापति रवि लामिछानेको त्याग र तपस्याको खुलेर प्रशंसा गरे । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ